UJYAALO 90 NETWORK :: सीधा कुरा प्रस्ट विचार - News Feed

UJYAALO 90 NETWORK :: सीधा कुरा प्रस्ट विचार - News Feed

Monday, May 28, 2012

ब्रोडलिंकद्वारा निःशुल्क इन्टरनेट

काठमाडौं, वाइफाई
सेवा दिइरहको ब्रोडलिंक कम्युनिकेसनले
नयाँ ग्राहकलाई तीन महिनासम्म
निःशुल्क इन्टरनेट सेवा दिने भएको छ ।
यसका लागि ग्राहकले
सेवा लिनुअघि आवश्यक पर्ने सिग्नल
बोस्टर किट भने किन्नुपर्ने छ ।
'७ हजार ४ सय ९९ मा छतमा राख्ने
किट र इन्टलेसन शुल्क तिरेपछि ग्राहकले
तीन महिनासम्म ५ सय १२ केबीपीएस
क्षमताको इन्टरनेट निःशुल्क पाउने
छन्,'
कम्पनीका प्रबन्ध निर्देशक विनोद
तिमल्सिनाले भने, 'छतमा राख्ने
उपकरणलाई अहिले ६ हजार ५ सय र ९
सय ९९ रुपैयाँ इन्सटलेसन चार्ज लाग्छ ।'
अहिले कम्पनीले ५ सय १२ केबीपीएस
क्षमताको इन्टरनेट लिँदा मासिक २
हजार ७ सय रुपैयाँ लिँदै आएको छ । 'यस
आधारमा इन्टरनेट शुल्क मात्र ८ हजार
१ सय रुपैयाँ पर्छ,' उनले भने,
'यो योजना सीमित
अवधिका लागि ल्याएका हौं ।'

No comments:

Post a Comment